अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

कैलालीमा सार्वजनिक जग्गा नियमविपरीत विक्री गर्ने २४९ जना विरुद्ध मुद्दा

बिआरटीनेपाल २०८० माघ २५ गते ८:५७ मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको नगरपालिका १ स्थित सरकारी जग्गा ऐन नियम विपरीत बिक्री गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।आयोगले बिहीबार नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसहित २४९ जनालाई सार्वजनिक जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरी गैरकानूनी लाभ तथा हानी पुर्याएर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सार्वजनिक जग्गा व्यक्ति विशेष तथा संघरसंस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा त्यस विपरीत काम गरेको अनुसन्धानबाट खुलेको छ । नगर विकासका पदाधिकारी एवं कर्मचारीले नक्कली कागजातका आधारमा दिनुपर्ने व्यक्तिलाई भन्दा पहुँच र पैसाका आधारमा वितरण गरेको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू