अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

भुटानमाथि नेपालको संघर्षपूर्ण जित

बिआरटीनेपाल २०८० माघ २१ गते ५:०९ मा प्रकाशित

साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले जित निकालेको छ।आइतबार बंगालदेशमा भएको खेलमा नेपालले भुटानमाथि संघर्षपूर्ण १-० गोलको जित निकालेको हो। नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गोल गरेकी थिइन्।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको थियो। शुक्रबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३(१ गोलले पराजित गरेको थियो। नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमबीच भइरहेको प्रतियोगितामा नेपालले ‍अब मंगलबार भारतसँग खेल्नेछ।

यसअघि भारतले पहिलो खेलमा भुटानलाई १०-० गोलले पराजित गरेको थियो। समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।

प्रतिक्रिया