अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

आईसीसीले श्रीलङ्कामाथि लगाएको निलम्बन हटायो

बिआरटीनेपाल २०८० माघ १५ गते ४:१० मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ । गएको नोभेम्बरदेखि श्रीलङ्कामाथि लगाएको प्रतिबन्ध हिजोको बोर्ड बैठकले तत्काल लागू हुने गरी हटाएको हो । सन् २०२३ को विश्वकप क्रिकेटमा भारतसँगको हारपछि श्रीलङ्काका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलङ्का क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।

श्रीलङ्का क्रिकेट बोर्ड प्रशासनमा सरकारकाे व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो । त्यसैको कारण १९ वर्षमुनिको विश्व कप श्रीलङ्काबाट दक्षिण अफ्रिकामा सरेको हो । श्रीलङ्काको क्रिकेट टोलीलाई भने आईसीसीले अन्तर्राष्ट्रिय खेल खेल्न कुनै रोक लगाएको थिएन । अहिले श्रीलङ्का क्रिकेट बोर्डले सदस्यको दायित्व उल्लङ्घन नगरेको आईसीसीले जनाएको छ ।

प्रतिक्रिया