अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हरायाे

बिआरटीनेपाल २०८० माघ १४ गते ४:५० मा प्रकाशित

वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हराएको छ । ब्रिसबेनमा भएको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ८ रनले हराएको हो ।वेस्ट इन्डिजले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया २ सय ७ रन बनाउँदा अलआउट भयो । अस्ट्रेलियाका स्टेभिन स्मिथ ९१ रनमा नटआउट रहे । वेस्ट इन्डिजका शमर जोसेफले ७ र अल्जारी जोसेफले २ विकेट लिए । सन् १९९७ पछि पहिलो पटक वेस्ट इन्डिजले अस्ट्रेलियालाई उसकै भूमिमा हराएकाे हाे ।

वेस्ट इन्डिज दाेस्राे इनिङ्समा १ सय ९३ बलमा अल आउट भएकाे थियाे । वेस्ट इन्डिजका किर्क म्याककेन्जीले सर्वाधिक ४१ रन बनाए । अस्ट्रेलियाका जाेश हेजलवूड र नाथन लायनले समान ३ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले पहिलाे इनिङ्समा ३ सय ११ रन बनाएकाे थियाे । वेस्ट इन्डिजका जाेशुआ डा सिल्भाले ७९ र कभिम हजले ७१ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले ४ विकेट लिए ।

अस्ट्रेलियाले पहिलाे इनिङ्समा ९ विकेट गुमाएर २ सय ८९ रन बनाउँदा इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । अस्ट्रेलियाका उसमान खवाजाले ७५, एलेक्स केरीले ६५ र कप्तान प्याट कमिन्सले नट आउट ६४ रना बनाए । वेस्ट इन्डिजका अल्जारी जाेसेफले ४ विकेट लिए ।

आजको नतिजासँगै २ खेलको टेस्ट क्रिकेट शृङ्खला १–१ को बराबरीमा सकिएको छ । पहिलाे टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेकाे थियाे । यस्तै अस्ट्रेलियाले डे–नाइट टेस्ट क्रिकेट हारेकाे पहिलाे पटक हाे । यसअघि अस्ट्रेलियाले लगातार ११ वटा डे–नाइट टेस्ट क्रिकेट जितेकाे थियाे ।

प्रतिक्रिया