अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३३ | Colorodo: 02:48

सुरभि साहित्य प्रतिष्ठानमा रु सात लाखको अक्षयकोष स्थापना

बिआरटीनेपाल २०८० माघ १३ गते २२:१८ मा प्रकाशित

काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ साहित्यकार एवं वरिष्ठ पत्रकार श्री विजय चालिसेले सुरभि साहित्य प्रतिष्ठानमा सुरभि विजय चालिसे वाङमय पुरस्कारका लागी रु सात लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

माघ १३ गते बसेको प्रतिष्ठानको कार्य समिति बैठकले उक्त अक्षयकोषको रकम स्वीकार गर्ने निर्णय गरेको छ । प्रतिष्ठाले चालिसेको यस महान् उदारताका लागि सराहना गर्दै हार्दिक कृतज्ञता प्रकट गरेको छ । उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट नेपाली वाङमयमा योगदान पुर्‍याउने एक जनालाई प्रत्येक वर्ष रु५१ हजार राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू