अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

आहारारा पोखरा गोल्डकपः आशिषले २ गोल गरेपछि थ्रीस्टारसँग पारो स्तब्ध

बिआरटीनेपाल २०८० माघ १३ गते ६:५६ मा प्रकाशित

पाहुना टोली भुटानको पारो एफसीलाई पराजित गर्दै थ्रीस्टार क्लबले आहारारा पोखरा गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ।शनिबार दिउँसो पोखरा रंगशालामा भएको खेलमा २–० गोल अन्तरको हार व्यहोर्दै पहिलो सहभागिताको पहिलो खेलबाट पारो घर फर्किएको हो।थ्रीस्टारका आशिष चापागाईंको २ गोल थ्रीस्टारको जितमा निर्णायक बन्यो। खेलको निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि ३० मिनेट समय थपिएको थियो।

थपिएको समयको ५ मिनेटको अन्तरालमा आशिषले दुई गोल पारोको गोलपोस्टको जाली चुमाउन सफल भए।आशिषले पहिलो गोल खेलको ११४ औँ मिनेटमा गरेका थिए। ११९ औँ मिनेटमा फेरि अर्को गोल थप्दै थ्रीस्टारलाई जीत दिलाए। आशिषले खेलको म्यान अफ दि म्याच घोषित हुँदै १० हजार रुपैयाँ हात पारे।पहिलो पटक पोखरा रंगशाला ओर्लिएको भुटानको लिग च्याम्यिन पारोले इतिहास रच्ने मौका नपाइ घर फर्कन परेको छ।

थ्रीस्टारले प्रिक्वार्टरफाइनलमा आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो। पारो भने सिधैं बाई पाएर थ्रीस्टारसँग भिडेको हो।थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल थुथ क्लब र मनाङ मर्स्याङदीबीचको विजेतासँग मैदान उत्रनेछ।थ्रीस्टार आहारारा पोखरा गोल्डकपको २३ औँ संस्करणसम्म आइपुग्दा ५ पटक उपाधि जितिसकेको टोली हो। दोस्रो क्वार्टरफाइनल भोलि डिफेन्डिङ च्याम्पियन संकटाले र विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

प्रतिक्रिया