अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

प्रधानमन्त्री कपमा बाग्मतीसँग लुम्बिनी तथा एपीएफसँग गण्डकी पराजित

बिआरटीनेपाल २०८० माघ १३ गते ५:५३ मा प्रकाशित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बाग्मती र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।बाग्मतीले लुम्बिनीलाई र एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बाग्मतीले लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।लुम्बिनीले दिएको एक सय सात रनको लक्ष्य बाग्मतीले १७ ओभर दुई बलमा चार विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर दुई बलमा एक सय ६ रन बनाएर अलआउट भयो ।

नौ मध्ये ६ खेल जितेको बाग्मती तालिकाको दोस्रो स्थानमा छ । यस्तै, ६ मध्य एक खेल जितेको लुम्बिनी तालिकाको नवौँ स्थानमा छ ।यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकीलाई ८८ रनले पराजित गरेको छ ।

एपीएफले दिएको दुई सय आठ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ ओभर ४ बलमा एक सय १९ रन बनाएर अलआउट भयो । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो । सात खेलमा चार खेल जितेको एपीएफ ६ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । सात खेल नै खेलेको गण्डकी ४ अङ्कसहित आठौँ स्थानमा छ ।

प्रतिक्रिया