अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

ललितपुरले जित्यो नेपाल सुपर लिगको उपाधि

बिआरटीनेपाल २०८० पुष १४ गते ८:२० मा प्रकाशित

नेपाल सुपर लिगको उपाधि ललितपुर सिटीले जितेको छ। शनिबार दशरथ रंगशालामा भएको फाइनलमा साविक उपविजेता धनगढीलाई ३-२ गोलले हराउँदै ललितपुरले लिगको दोस्रो सिजनको उपाधि चुमेको हो।खेलमा धनगढीले ३७औं मिनेटमा आफिज ओलावाको गोलबाट अग्रता लिएको थियो। तर, पहिलो हाफको अन्तिम समयमा ललितपुरले गोल गर्दै बराबरीमा पुर्‍याएको थियो। ४५ं को समयमा ललितपुरका इमोह एजेकेलले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए।

दोस्रो हाफमा ललितपुरले थप दुई गोल गरेको थियो। ललितपुरका लागि दिनेश हेम्जनले ५०औं मिनेट र इमोहले ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए। धनगढीका लागि भने हिजाजीले अन्तिम समयमा गोल गर्दै ललितपुरलाई ३-२ को नतिजा सुम्पेका थिए।

प्रतिक्रिया