अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

प्रधानमन्त्री कप महिला क्रिकेट : प्ले अफ पुग्ने ४ वटै टाेलीकाे टुङ्गाे लाग्याे

बिआरटीनेपाल २०८० पुष १२ गते ७:०२ मा प्रकाशित

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिता प्ले अफमा पुग्ने ४ वटै टाेलीकाे टुङ्गाे लागेकाे छ । आज बिहीवार भएकाे खेलमा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएसँगै प्ले अफ खेल्ने टाेलीकाे टुङ्गाे लागेकाे हाे ।कर्णालीले दिएकाे ४३ रनकाे सामान्य लक्ष्य बाग्मतीले २९ बलमै भेटायाे । बाग्मतीका लागि यशु पाण्डेले २५ र हेलिशा गुरुङले १३ रन बनाइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे कर्णाली १३ ओभर ४ बलमा ४२ रन बनाउँदा अल आउट भयाे । कर्णालीका लागि शुरती बुढाले सर्वाधिक १६ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी खुशी डङ्गाेलले ४ विकेट लिइन् ।

एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा, काेशी ६ खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा, सुदूरपश्चिम ६ खेलमा ८ अङ्सहित तेस्राे र बाग्मती ६ खेलमा ८ अङ्कसहित चाैथाे स्थानमा छ । यी ४ वटा टाेली शीर्ष ४ मा रहँदै प्ले अफमा पुगेका हुन् ।

प्रतिक्रिया