अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

‘क्रिकेट खेलाडीले विश्वकपको यात्रा तय गरेपछि खेल पर्यटनको ठूलो आधार तयार भयो’ – प्रधानमन्त्री

बिआरटीनेपाल २०८० पुष १० गते ५:२४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सरकारको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारबिना विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिमप्रति पनि आभारी जनाउनुभयो । “सुविधासम्पन्न खेल मैदानबिना नै नेपाली क्रिकेट खेलाडीहरूले विश्वकपको यात्रा तय गर्नुभयो । विश्वकपको तयारीमा कुनै कसर बाँकी राखिने छैन । यो सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको छ । त्यसका लागि हामीले पूर्वाधारमा ध्यान केन्द्रित गरेका छौँ,” प्रधानमन्त्रीले भन्नुभयो ।

कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा विस्तार गरिने उहाँले बताउनुभयो । साथै मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न थालिएको जानकारी दिँदै प्रधानमन्त्रीले चितवनको गौतम बुद्ध क्रिकेट रंगशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा बन्न थालेको बताउनुभयो ।

 

प्रतिक्रिया