अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

गोलरक्षक श्रेष्ठले गरे अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा

बिआरटीनेपाल २०८० पुष ७ गते ५:४८ मा प्रकाशित

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको छ । लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहेरपनि सीमित अवसरमा मात्र मैदानमा खेल्न पाएका श्रेष्ठले औपचारिक रुपमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गर्नुभएको हो। श्रेष्ठले नेपाल सुपर लिग ९एनएसएल० को जारी प्रतियोगिताको अन्तिम खेलसँगै अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने घोषणा गर्नुभएको हो। एफसी चितवनका कप्तान समेत रहेका श्रेष्ठले प्रतियोगितामा चितवनको अन्तिम खेलपछि सन्न्यासको घोषणा गर्नुभयो ।

उहाँले सन्न्यास घोषणा गर्दै भन्नुभयो ‘साफ च्याम्पियनसिपकै बेलमा सन्न्यास घोषणा गर्ने बिचार गरेको थिएँ। तर सबैले केही समय कुर्न भनेपछि रोकिएको थिए।’ उनले थपे ‘यो नै मेरो लागि अहिले सर्वाधिक सही समय हो जस्तो लागेर यो निर्णय लिएको हो।’ श्रेष्ठले राष्ट्रिय टिममा नयाँ पुस्ताका गोलरक्षकहरू पनि राम्रो भएर आएको भन्दै भन्नुभयो, ‘किरण दाइ ९किरणकुमार लिम्बु० हुनुहुन्छ, दीप कार्की जस्ता नयाँ गोलरक्षक तयार  भएका छन्। नयाँलाई मौका दिनुपर्छ भन्ने सोचेर अब अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिने निर्णय गरेको छु।’

करिब एक दशकदेखि राष्ट्रिय टोलीमा पर्दै आएको भए पनि विशालले एक मात्र अन्तर्राष्ट्रिय खेलमा मौका पाउनुभयो। श्रेष्ठले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने अवसर पाउनुभएको थियो। राष्ट्रिय टिममा किरण लिम्बुले एकछत्र गोलरक्षकको भूमिकामा आफूलाई प्रमाणित गर्दा अब्बल रहँदा रहँदै पनि विशाल श्रेष्ठ र बिकेश कुथुले अवसर पाएका थिएनन्।

प्रतिक्रिया