अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतमा बहस सकियो, शुक्रबार फैसला आउने

बिआरटीनेपाल २०८० मंसिर १४ गते ५:५३ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणमामाथि पाटन उच्च अदालतमा बहसको क्रम टुंगिएको छ ।न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको ईजलासमा मंसीर ५ गतेबाट निरन्तर सुनुवाई भईरहेकोमा बिहीबार दुवै पक्षको बहस टुंगिएको हो । बहस टुंगिएपछि उक्त मुद्दालाई बिहीबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले भोलि आदेश फैसला आउने जानकारी दिनुभएको छ ।

गत असार १ गते काठमाडौं जिल्ला अदालतले अभियुक्तहरुलाई तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण र सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे थुनामा रहेका छन् ।

यस्तै, शरणार्थी प्रकरणका विचौलियाहरु सानु भण्डारी, केशव दुलाल, आङटावा शेर्पा, डा। ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ लगायत पनि थुनामा रहेका छन् । उनीहरुले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको अभियोग उनीहरुमाथि लागेको छ ।सरकारले उनीहरु विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाएको अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू