अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपति र संसदीय निर्वाचन

बिआरटीनेपाल २०८० मंसिर ६ गते ६:२२ मा प्रकाशित

श्रीलङ्कामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधवार संसद्मा गरेको विशेष सम्बोधनमा सो जानकारी दिनुभएको हो । आफूले निर्वाचन स्थगन गर्ने भन्ने आरोपलाई उहाँले अस्वीकार गर्नुभयो । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उहाँले जानकारी दिनुभयो ।

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ । वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर)को बजेट विनियोजन गरिएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू