अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम हुने

बिआरटीनेपाल २०८० मंसिर ६ गते ५:५९ मा प्रकाशित

इजरायलको मन्त्रिपरिषद्ले हमाससँग हुन लागेको सम्झौता स्वीकृत गरेको छ । कतारको मध्यस्थतामा इजरायल–हमासबीच कैदी–बन्धक साटासाट तथा युद्धविरामसम्बन्धी सम्झौता हुन लागेको हो । मध्यस्तकर्ता कतारले पठाएको सम्झौताको नमुना इजरायली मन्त्रिपरिषद्को विशेष बैठकले स्वीकृत गरेको बीबीसीले जनाएको छ । सम्झौतामा हमासले आफूले बन्धक बनाएका ५० जना इजरायली नागरिक रिहा गर्ने र इजरायलले पनि आफ्नो देशमा कैदी तथा बन्दीको रुपमा रहेका प्यालेस्टिनीहरुको रिहा गर्ने उल्लेख छ । सम्झौतामा हमासले आफ्नो तर्फबाट केही थाइ नागरिकको रिहा गर्ने पनि उल्लेख गरेको छ । दुवै पक्षले कम्तीमा चार दिन युद्ध विराम गर्नेछन् ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धकहरु रिहा भए पनि गाजामा युद्ध निरन्तर रहने बताउनुभएको छ । बन्धक रिहाले मात्र लक्ष्य पूरा नहुने भएकोले छोटो समयको युद्धविरामपछि युद्ध जारी रहने बताउनुभएको बीबीसीले जनाएको छ । गएको अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणमा १२ सय जनाको ज्यान जानुको साथै २ सय ४० जनालाई हमासले बन्धक बनाएको थियो । त्यही दिन इजरायलले शुरु गरेको आक्रमणपछि गाजा पट्टीमा कम्तिमा १३ हजार मारिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू