अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम बढ्ने

बिआरटीनेपाल २०८० मंसिर ५ गते ६:४७ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियसले बढ्ने जनाएको छ । विश्वका विभिन्न मुलुकको हरितगृह ग्यास कटौती गर्ने प्रतिवद्धताका बावजुद पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डो¥याएका कारण पृथ्वीको तापक्रम बढ्ने राष्ट्रसंघको प्रक्षेपण छ ।दुबईमा कोप–२८ जलवायु वार्ताको ठीक अघि राष्ट्र संघ पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ ।

यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयासहरु असफलतातर्फ उन्मुख रहेको जनाएको छ ।यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको छ भने विश्वले बिग्रिएको जलवायु रेकर्डको संख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।सन् २०२१ देखि २०२२ सम्ममा १ दशमलव २ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको बताइएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी नोभेम्बर ३० देखि सुरु हुने कोप–२८ वार्तामा ‘नाटकीय जलवायु कार्ययोजना’ को खाका प्रस्तुत गर्न आह्वान गर्नुभएको छ । कोप–२८ को बैठकमा विश्वले निर्णायक कदम चाल्ने तयारी गरिरहेको स्पष्ट संकेत गर्दै गुटेरेसले जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै यसलाई सच्याउनु पर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू