अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० कार्तिक २१ गते ५:३३ मा प्रकाशित

शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो २१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर आठ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार सङ्ख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता शेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर शेयर नौ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू