अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

पोखरामा पुष्प व्यापार मेला सुरु

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ४:३३ मा प्रकाशित

पोखरामा शुक्रबारदेखि सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौँथो गण्डकी प्रादेशिक पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान०ले आयोजना गरेको मेला मेला पोखरा रंगशालामा कात्तिक २० गतेसम्म चल्नेछ ।मेलाको उद्घाटन गर्दै प्रमुख आचार्यले पुष्प व्यवसायको प्रवद्र्धधनका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । पोखरालाई आवश्यक पर्ने पुष्प तथा फुलहरूको उत्पादनमा वृद्धिका लागि लगानी सहकार्य गर्न र व्यवसायीहरूलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको उहाँको दाबी थियो ।

मेलामा २० वटा विभिन्न प्रजातिका फूलहरूको स्टल र २ वटा कृषि सामाग्रीको स्टल राखिएको छ । २० भन्दा बढी प्रजातिका गोदावरी फुलहरू प्रदर्शनीमा राखिएको आयोजक संस्थाका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिनुभयो । ‘यो व्यापारभन्दा पनि फूलखेतीबारे जानकारी दिन मेला आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो । महानगरका १ सय ९ जना कृषकहरूले व्यवसायिक रूपमा गोदावरी फूलको खेती गर्दै आएका छन् । पोखरामा वार्षिक रूपमा ४ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुँदै आएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । जसमध्ये ४० प्रतिशतभन्दा बढी फूल पोखराबाहिरबाटै आउने गर्दछ ।

पोखरामा यस वर्ष स्थानीय पुष्प व्यवसायीहरूसँग सहकार्य गरी थप १६५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । पोखरा बाहिरबाट पुष्पजन्य वस्तु आयातमा रोक लगाइएकाले सो व्यवस्थाको विपरीत कोही कसैले गरेको पाइए वा प्लास्टिकका फुलमालाहरु आयात तथा विक्री वितरण गरेको भेटिए नियमानुसार कारबाही गरिने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू