अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

तीन जना वैज्ञानिकलाई रसायन शास्त्रको नोबेल पुरस्कार

बिआरटीनेपाल २०८० असोज १७ गते ७:४० मा प्रकाशित

यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीन जना रसायनशास्त्रीलाई दिइने भएको छ । नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू मौन्गी बावेन्डी, लुइस ब्रस र अलेक्सी एकिमोभलाई रसायन शास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो ।

बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) सँग आवद्ध छन् भने ब्रस कोलम्बिया विश्वविद्यालयमा कार्यरत छन् । यस्तै एकिमोभ न्युयोर्कस्थित न्यानोक्रिस्टल टेक्नोलोजीसँग सम्वद्ध छन् । उनीहरुले धेरै चम्किलो रंगिन प्रकाश उत्सर्जन गर्ने साना कणबारे अनुसन्धान गरेका थिए । क्वान्टम डट्स एलइडी बत्ती, मेडिकल इमेजिङ र टेलिभिजनलगायतमा प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू