अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

अमेरिकी संसदका सभामुख म्याकार्थी पदमुक्त

बिआरटीनेपाल २०८० असोज १७ गते ७:३८ मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदमुक्त हुनुभएको छ। संसदमा भएको मतदानमा आवश्यक बहुमत जुटाउन नसकेपछि रिपब्लीकन पार्टीबाट सभामुख बनेका म्याक्कार्थी पदमुक्त हुनुभएको हो।मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २१६ मत पर्‍यो भने त्यसको विपक्षमा २१० मत मात्रै पर्‍यो । रिपब्लिकन पार्टीका आठ जना सांसदले नै उहाँको विपक्षमा मत हालेपछि म्याक्कार्थीको पद गुमेको हो । उहाँले व्यक्तिगत इर्ष्याले आफू विरुद्ध संसदमा प्रस्ताव ल्याइएको बताउनुभएको छ ।

फ्लोरिडाका रिपब्लिकन सांसद गेट्जले म्याकार्थी विरुद्ध प्रस्ताव लगेका थिए । अमेरिकी इतिहासमा कार्यकाल पूरा नगरी पदमुक्त हुने म्याकार्थि पहिलो सभामुख हुनुहुन्छ । म्याक्कार्थीले अब हुने निर्वाचनमा आफु सभाुमखको दौडमा नरहने पनि बताउनुभयो। तत्कालका लागि रिपब्लीकन सांसद प्याट्रि म्याक् अन्रीलाई अन्तरिम सभामुख चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू