अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

बिआरटीनेपाल २०८० असोज १६ गते ६:४३ मा प्रकाशित

स्विडेनको नोबेल पुरस्कार कमिटीले यस वर्षका लागि भौतिकविज्ञानतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कारले सुशोभित गरेको छ। सन् २०२३ को नोबेल पुरस्कार यस वर्षका लागि पियर एगोस्टिनी, फेरेन क्राउस्ज र एन एलहुलियरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा मंगलबार गरिएको हो।

यी तीन वैज्ञानिकलाई इलेक्ट्रोनको अध्ययनमा प्रकाशको अट्टोसेकेन्ड चाल उत्पादन गर्ने प्रक्रियाको परीक्षणका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो। नोबेल पुरस्कारको राशि ११ मिलियन स्विडिस क्रोनर छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू