अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

नयाँ दिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द

बिआरटीनेपाल २०८० असोज १४ गते ७:३७ मा प्रकाशित

नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले जनाएको छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको प्रतिनिधित्व गरेका धेरैजसो कुटनीतिक कर्मचारी स्वदेश फर्किएको महिनौँ भएको छ । रिक्त स्थानमा नयाँ नियुक्ति गरिएको छैन । भारतले अफगानिस्तानको तालिबान सरकारलाई मान्यता दिएको छैन ।

तालिबान सरकार सत्तामा फर्किएपछि भारत सरकारले आफ्नो कुटनीतिक उपस्थिति पनि जनाएको छैन । यसअघि नै भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाएर अफगानिस्तानको दूतावासले कुटनीतिक व्यवहार र संरचनागत सहयोगको अभावमा दूतावास बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू