अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

पाकिस्तानकाे बलुचिस्तानमा विस्फाेट हुँदा कम्तीमा ५२ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० असोज १२ गते ६:५८ मा प्रकाशित

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज शुक्रवार बिहान भएको विस्फोटमा परि कम्तीमा ५२ जनाकाे जनाको ज्यान गएको छ । विस्फाेटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले विष्फोट गराएका बताउँदै यसको निन्दा गरेका छन् । उनीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू