अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

सुरक्षा माग गर्दै डाक्टरहरूद्धारा प्रदर्शन, सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग

बिआरटीनेपाल २०८० असोज ११ गते ७:४० मा प्रकाशित

सुरक्षाको माग गर्दै डाक्टरहरूले आज पनि प्रदर्शन गरेका छन्। काठमाडौंको बानेश्वरमा डाक्टरहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चिकित्सक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सुरक्षा माग गरेका छन्।बिरामीका आफन्तहरूले विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरूमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षाको माग गरिरहेका छन्।

उनीहरूले सुरक्षा दिन नसक्ने गृहमन्त्रीको राजीनामासमेत माग गर्दै प्रदर्शन गरेका हुन्। पछिल्लो समय लमजुङ जिल्ला अस्पतालमा वडाध्यक्षले नै डाक्टरमाथि कुटपिट गरेका थिए भने पोखराको मणिपाल अस्पतालमा बिरामीका आफन्तले डाक्टरहरूमाथि कुटपिट र अस्पताल पनि तोडफोड गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू