अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

इराकमा भएको आगलागीमा १ सय १४ जनाको मृत्यु, २ सय बढी घाइते

बिआरटीनेपाल २०८० असोज ११ गते ७:१७ मा प्रकाशित

इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी १ सय १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार उक्त आगलागीमा २ सय भन्दाबढी मानिस घाइते भएका छन् ।

प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलबार राति आगो लागेको थियो । आगो लाग्नुको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू