अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गर्नुभएका नापोलिटानोको अन्त्येष्टि

बिआरटीनेपाल २०८० असोज १० गते ६:५९ मा प्रकाशित

इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गर्नुभएका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरेको छ । मंगलबार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो । मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहनुभएका नेपोलिटानोको शुक्रबार ९८ वर्षको उमेरमा निधन भएको थियो ।

स्व. नेपालिटानोको निधनमा इटालीले मंगलवार राष्ट्रिय शोक मनाएको थियो । सरकारी भवन र विदेशमा रहेका इटालियन दुतावासहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।उहाँको अन्त्येष्टिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइमेयर र इटालीको राज्य प्रमुखको रुपमा नेपालिटानोका उत्तराधिकारी सर्जियो माटारेल्लाको उपस्थिति रहेको थियो । स्व. नेपालिटानोकी जीवनसाथी क्लियो मारिया बिट्टोनीलाई उपस्थितहरुले समवेदना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू