अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३४ | Colorodo: 07:49

श्रम कानूनको बिरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

बिआरटीनेपाल २०८० असोज ६ गते ६:२५ मा प्रकाशित

सरकारले संसदमा पेश गरेको श्रम कानूनको बिरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा उत्रिएका छन् । ग्रिसका मजदुरहरुले सडकमा उत्रिएर हड्ताल गरेका हुन् । सार्वजनिक क्षेत्र छाता युनियन एडेडी र अन्य श्रमीक संघले विधेयक फिर्ता लिन माग गर्दै २४ घण्टे हडताल गरेका छन् ।तर, सरकारले भने यस विधेयकले अघोषित श्रमको समस्यालाई समाधान गर्ने र कामदारको आम्दानी बढाउन मद्दत गर्ने बताएको छ । विधेयकमा पूर्ण समय कर्मचारीहरुले कुल दैनिक कामको १३ घण्टा भन्दा बढी नभएसम्म दोस्रो काम पाउने शर्तहरु तोकेको छ ।

त्यस्तै, अर्का प्रदर्शनकारी क्याटरिना मलाकोउले सबै मिलेर कामदार, पेन्सन, बेरोजगारीलाई झनै गरिबीमा पुर्‍याउने काम भएको बताउनुभयो । साथै उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू