अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३४ | Colorodo: 00:49

युक्रेनलाई झड्का, पोल्याण्डद्वारा युक्रेनलाई थप हतियार नदिने घोषणा

बिआरटीनेपाल २०८० असोज ४ गते ७:२६ मा प्रकाशित

पोल्याण्डले युक्रेनलाई हतियार आपूर्ति नगर्ने घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनलाई हतियार दिने प्रमुख राष्ट्र रहेको पोल्याण्डले अब हतियार दिन नसक्ने बताएको हो । पोल्याण्डले युक्रेनका राजदूतलाई डाकेर अब आफ्नै सुरक्षाका लागि हतियार राख्नुपर्ने भन्दै हतियार उपलब्ध गराउन नसक्ने बताएको हो ।

पोल्याण्डले अहिलेसम्म ३२० वटा सोभियतकालीन ट्यांक र १४ वटा मिग–२९ युद्धक विमान युक्रेन पठाईसकेको छ । रुसले कृष्णसागर हुदै युक्रेनी खाद्यान्न निकासीमा रोक लगाएपछि पोल्याण्ड, हंगेरीलगायत पूर्वी युरोपका देशहरुमा खाद्यान्न संकट बढेको छ ।

सोही कारण पोल्याण्ड युक्रेनलाई थप हतियार दिनबाट पछि हटेको विश्लेषण गरिएको छ । यता, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्धमा ऐक्यवद्धता जनाएको देश पोल्याण्डको निर्णयले आफूलाई झड्का लागेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू