अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै ‘एडभाइजरी’ जारी

बिआरटीनेपाल २०८० असोज ३ गते ५:३१ मा प्रकाशित

भारतले क्यानडामा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।दुई देशबीचकाे विवाद बढ्दै गएपछि हिजो मङ्गलवार क्यानडाले भारतमा यात्रा गर्दा सावधानी अपनाउन ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो । आज बुधवार भारतीय विदेश मन्त्रालयले पनि सूचना जारी गरेर क्यानडामा बढ्दो भारत विरोधी गतिविधि र घृणित अपराध तथा आपराधिक हिंसालाई ध्यानमा राख्दै अत्यन्तै सावधानी अपनाउन आग्रह गरेको छ । क्यानडामा रहेका भारतीय कुटनीतिज्ञ र भारतीय समुदायका वर्गलाई लक्षित गरेर विभिन्न प्रकारका आक्रमण भएको भारतीय दाबी छ ।

क्यानडामा भइरहेको भारत विरोधी आन्दोलन र एजेन्डाप्रति भारतीय विदेश मन्त्रालयले खेदसमेत प्रकट गरेको छ । क्यानडामा एक जना शिख नेताको हत्यामा भारतीय सरकारकै हात रहेको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएपछि दुई देशबीच तनाव बढिरहेको छ । दुवै देशले एक/एक जना उच्च कुटनीतिक अधिकारीलाई देश निकाला गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू