अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला, दुई देशबीचको सम्बन्ध चिसियो

बिआरटीनेपाल २०८० असोज २ गते ७:२५ मा प्रकाशित

क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कुटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिए पनि थप विवरण खुलेको छैन ।क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हिजोको संसदमा सम्बोधन गर्दै भारत सरकारका एजेन्टले गएको जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको टिप्पणी गर्नुभएको थियो । साथै उहाँले भारतमा हालै सम्पन्न जी–२० शिखर सम्मेलनका बेला आफूले यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको पनि जानकारी दिनुभएको थियो ।

भारतले क्यानडाको यो आरोपको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न नरहेको दाबी गरेको बीबीसी हिन्दीले जनाएको छ । क्यानडामा भारतीय मूलका १४ लाख भन्दा धेरै नागरिक रहेको अनुमान छ । त्यीमध्ये धेरैजसो शिख समुदायका छन् । क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू