अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

अरोरा र सेन्टिनियलको तीज कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०८० भदौ ३० गते ११:०१ मा प्रकाशित

कोलोराडो । नेपाली महिलाहरूको नजिकिँदै गरेको नेपाली महिलाहरूले परा पूर्वकाल देखि मनाउँदै आइरहेको महान् पर्व हरितालिका तीजको अवसर पारेर गत आइतबारको दिन नेपाली रेसिडेन्ट अफ अरोरा तथा सेन्टेनियलको आयोजनामा कोलफ्याक्सको पिपुल बिल्डिङमा पारिवारिक तीज कार्यक्रम सम्पन्न गरेको छ । करिब २५० को हाराहारीमा उपस्थित समूहले तिज मनाएका छन् ।

कार्यक्रमको सुरुवात बौद्ध समाजका अध्यक्ष श्याम श्रेष्ठको स्वागत मन्तव्यबाट भएको थियो । त्यसपछि दिदीबहिनीको तर्फबाट शर्मिला शर्माले स्वागत गरेकी थिइन ।

कार्यक्रमको दोस्रो चरणमा दिपा अधिकारी र विज्ञान अधिकारीद्वारा सन्चालित अन्ताक्षरी कार्यक्रममा रातो समूह अर्थात् नम्रता पोखरेल, प्रतिभा कार्की, श्रद्धा सापकोटा र सुनिता पन्तको ग्रुप विजयी भएका थिए ।

त्यसपछि जोडी नृत्य सम्पन्न भएको थियो । त्यसरी नृत्य गर्नेहरुमा गङ्गा चौलागाईं तथा शर्मिला शर्मा, राजन तथा श्रद्धा सापकोटा, कुमार तथा प्रतिभा कार्की, नवराज तथा सङ्गीता न्यौपाने, पुष्प तथा सुशीला चौलागाईं, करिष्मा, सुवास र अनुपमा खनाल थिए ।

कार्यक्रममा नृत्य प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रम सञ्चालक दीप्ति आचार्य थिइन भने जजमा कलाकार तथा निर्देशक कृष्ण मुरारी ढुङेल, मिसेस् एएनए २०२३ विजेता दीक्षा प्रधान र सोफी पन्त थिए । नृत्य प्रतियोगितामा भाग लिनेहरूमा सङ्गीता डिसी, उषा अधिकारी र सगुन शर्मा, लीला न्यौपाने, शुभेच्छा कार्की, सुनिता, सुशीला, ज्योति र गङ्गा, भावना पौडेल, गङ्गा, जमुना, छली र निशा थिए ।

जसमा प्रथम शुभेच्छा कार्की, दोस्रो सङ्गीता डिसी र तेस्रो उषा अधिकारी तथा सगुन शर्मा भएका थिए ।

कार्यक्रमको अन्तमा अरोरा र सेन्टिनियल तिज कार्यक्रमका संयोजक नवराज न्यौपानेले धन्यवाद दिएर कार्यक्रम सम्पन्न गरिएको थियो भने शान्ति श्रेष्ठले सम्पूर्ण दिदिबहिनीहरुलाइ सानो गिफ्ट (औँठी) पनि प्रदान गरेकी थिइन । कार्यक्रमका विजेताहरूलाई मिना पौडेल, शान्ती श्रेष्ठ तथा वृद्ध आमाले पुरस्कार प्रदान गरेकी थिइन । कार्यक्रममा मिष्टान्न भोजनको पनि व्यवस्था थियो । कार्यक्रमको सञ्चालन सरिता गुरुङले गरेकी थिइन ।

कार्यक्रममा वेलकम इभेन्टले डेकोरेसन तथा प्रमोद फोटोग्राफीका प्रमोद भण्डारीले फोटो लिएका थिए भने कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट गरिएको थियो ।

फोटो: प्रमोद भण्डारी

Live Video Click Here

फोटो: बिआरटी नेपाल

अन्य प्रमोद फोटोग्राफिको फोटो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया