अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

विश्वको पहिलो मिथेनोल–सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मार्स्क्’

बिआरटीनेपाल २०८० भदौ २९ गते ७:२५ मा प्रकाशित

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा विश्वको पहिलो मिथेनोल–सञ्चालित कन्टेनर जहाजको नाम ‘‘लौरा मार्स्क्’’ राख्नुभएको छ । उहाँले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गर्नुभयो । उहाँले चालक दलका सदस्यहरुमा यसले खुशीयाली ल्याउने विश्वास व्यक्त गर्दै यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताउनु भयो ।

जहाज डेनमार्कको स्वामित्वमा रहेको सिपिङ कन्सोर्टियम एपी मोलर–मास्र्कको फ्लिटसँग सम्बन्धित छ । यो जहाजले ६५ प्रतिशत प्रदुषण उत्सर्जन कम गर्ने बताइएको छ । मास्र्कले थप २० मिथानोल सञ्चालित जहाजको योजना घोषणा गरेको छ । यी जहाज २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन् । उहाँले यस कार्यमा सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू