अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

ट्युनिसियाको राष्ट्रिय संग्रहालय २ वर्षपछि खुल्यो

बिआरटीनेपाल २०८० भदौ २९ गते ७:२३ मा प्रकाशित

दुई वर्ष भन्दा बढी समय बन्द भएको ट्युनिसियाको बार्डो राष्ट्रिय संग्रहालय बिहीवारदेखि पुनः खुलेको छ । संग्रहालय २५ जुलाई, २०२१ मा बन्द गरिएको थियो । ट्युनिसियका राष्ट्रपति काइस सईदले संसद र संग्रहालय छेउछाउको भवन बन्द गरेपछि संग्रहालय पनि बन्द भएको थियो ।

ट्युनिसियाका संस्कृतिमन्त्री हयात गुरमाजीले बुधवार राति एक समारोहको क्रममा मन्त्रालयले ऐतिहासिक भवनको मर्मतसम्भार र जिर्णोद्धारको लागि बन्द गरिएको तर अब काम सकिसकेकाले खुलाएको बताउनु भयो । संग्रहालय सन् २०१५ मा आतंकवादी हमलामा क्षति भएको थियो । जसमा २० भन्दा बढीको मृत्यु भएको थियो ।

राजधानी ट्युनिसियामा अवस्थित राष्ट्रिय संग्रहालय १८८८ मा स्थापना भएको थियो । यो ट्युनिसियाली सम्पदाको प्रमुख मानिन्छ । यो बन्द हुनुअघि हरेक वर्ष विश्वभरबाट ५० हजार पर्यटक त्यहाँ जाने गर्दथे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू