अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन

बिआरटीनेपाल २०८० भदौ २८ गते ८:०० मा प्रकाशित

चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने चीन पहिलो देश बनेको छ ।तालिबानले झाओ जिङको नियुक्ति अन्य देशहरूलाई आफ्नो सरकारसँग सम्बन्ध स्थापना गर्ने सङ्केत भएको बताएको छ । अन्य कुनै देशले तालिबान सरकारलाई मान्यता दिएका छैनन् ।

अफगानिस्तानमा मानव अधिकार उल्लङ्घनका घटना भइरहेको भनेर तालिबानको आलोचना भइरहेको छ । तालिबान सरकारसँग वार्ता शुरु गर्ने देशमध्ये चीन पनि एक हो । चीनको परराष्ट्र मन्त्रालयले अफगानिस्तानसँग वार्ता र सहयोगलाई अगाडि बढाउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू