अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

लिवियाको डर्ना शहरमा बाढीबाट मात्रै २० हजारको मृत्यु भएको आशंका

बिआरटीनेपाल २०८० भदौ २८ गते ७:५४ मा प्रकाशित

लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ ।अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको ज्यान गएको हुनसक्ने बताएका हुन् ।

डर्नाका मेयर अब्दुलमेनाम अलगैतीले साउदी अरबको टेलिभिजनलाई शहर र आसपासका क्षेत्रका अवस्था हेर्दा १८ हजारदेखि २० हजार मानिसको ज्यान गएको अनुमान लगाउन सकिने बताएका हुन । बाढीमा परी ज्यान गुमाएकाहरुलाई ठूलो क्षेत्रमा सामुहिक रुपमा गाडिएको छ ।सुनामीपछि भएको भीषण वर्षाले निम्त्याएको बाढीले डर्नालगायतका शहरलाई ध्वस्त बनाएको छ । हजारौं मानिसहरु अहिले पनि वेपत्ता रहेका छन् । लिविया सरकारले दश हजार हराएको तथ्यांक सार्वजनिक गरेको छ भने ३० हजार विस्थापित भएको बताएको छ ।

बाढीले सवैतिर अस्तब्यस्त बनाएकाले खोजी, उद्धार तथा पुनस्थापना प्रभावित भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू