अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

लिबियामा आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका ५ हजार ३ सय जनाकाे शव भेटियाे

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:३३ मा प्रकाशित

लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीमा ज्यान गुमाएका पाँच हजार जनाभन्दा धेरैको शव भेटिएको छ ।ड्यानियल नामको आँधीपछि आएको बाढीमा परि ज्यान गुमाएका पाँच हजार तीन सय जनाको शव भेटिएको लिबियाका नागरिक उड्डयन मन्त्री हिचेम अबु चकियोआतललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मृतकको सङ्ख्या दोब्बर हुन सक्ने उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा कम्तीमा ३४ हजार मानिस घरबारविहीन भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीले जनाएको छ । तर सहरमा पुग्ने सडकहरू बाढीका कारण अवरुद्ध वा भत्किएकाले प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउन चुनौतीपूर्ण रहेको राष्ट्र सङ्घले जनाएको छ ।

आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो । जसका कारण लाखौँ क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो । बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू