अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

अमेरिकी सभामुखद्वारा बाइडेनविरुद्ध महाअभियोग लगाउन संसद र समितिलाई निर्देशन

बिआरटीनेपाल २०८० भदौ २७ गते ७:२१ मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गर्नुभएको छ । म्याकार्थीले पत्रकार सम्मेलन गर्दै आफूले सदन र समितिलाई राष्ट्रपति बाइडेनमाथि औपचारिक महाअभियोग अनुसन्धान गर्न निर्देशन दिएको बताउनुभएको हो । हाउस ओभरसाइट कमिटीको अनुसन्धानले बाइडेन परिवारले भ्रष्टाचार गरेको फेला परेको बताउनुभयो ।

रिपब्लीकनहरुले सन् २०२१ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नु अघिदेखि बाइडेनका छोरा हन्टर बाइडेनको व्यापारिक कारोबारको अनुसन्धान गरिरहेका थिए । बाइडेनले शक्तिको दुरुपयोग गरेको र भ्रष्टाचार गरेकाले सभाले थप अनुसन्धान गर्न निर्देशन दिने बताउनुभयो ।

बाइडेन २०२४ को राष्ट्रपति पदमा निर्वाचनका लागि दौडिरहनुभएको छ । ८० वर्षीय राष्ट्रपतिमाथि महाअभियोग लगाउन सभामुखले भुमिका नखेले सभामुखबाट हटाउने पार्टीका नेताहरुले धम्की दिएका छन् । ह्वाइट हाउस र डेमोक्रेटिक सांसदहरुले भने महाअभियोग राजनीतिक बदलाको रुपमा आएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू