अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

मेस्सीले गरे अमेरिकी क्लव इन्टर मियामीसँग सम्झौता

बिआरटीनेपाल २०८० असार ३१ गते ७:५४ मा प्रकाशित

अर्जेन्टिनाका चर्चित फुटबलर लियोनन मेस्सी र अ‍ेमेरिकी एमएलएस क्लब इन्टर मियामीबीच सम्झौता भएको छ । सात पटकको बालोन डी ओर बिजेता ३६ वर्षिय मेस्सीले अमेरिकी क्लबमा सन् २०२५ सम्म रहने गरी सम्झौता गरेका हुन् ।सो क्लबका सहमालिक डेभिड बेकह्याम र मेस्सीबीच सम्झौता भएको हो । सन् २०२२ र २०२३ सिजनको अन्त्यतिर फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छोडेका मेस्सीले इन्टर मियामी र अमेरिकाको करियरको अर्को चरण शुरु गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् ।

सो क्लबमा अनुबन्ध भएका मेस्सीले आगामी जुलाई २१ मा हुने लिग कपको उद्घाटन खेल खेल्ने छन् । मेस्सीले खेलाडीको अवार्ड बालोन डी ओर सात पटक जितिसकेका छन् । उनले पीएसजीका लागि ७५ खेलमा ३२ गोल गर्नुका साथै लिग १ मा १६ गोल र १६ असिस्ट सहित सिजनको अन्त्य गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू