अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

राष्ट्रिय भलिबल टिमका कप्तान थापा बर्खास्त

बिआरटीनेपाल २०८० असार ३१ गते ७:५३ मा प्रकाशित

नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ । गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

सोमबार आर्मीका खेलाडीले दर्शकलाई कुटपिट गरेका थिए । घटनापश्चात गठन भएको ५ सदस्यीय छानबिन समितिले दिएको सिफारिसको आधारमा संघले हरिलाई कप्तानबाट हटाएको संघले जनाएको छ । थापा आर्मी क्लबका खेलाडी पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू