अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

एसीसी इमर्जिङ टिम्स एसिया कप : अफगानिस्तान र बङ्लादेश विजयी

बिआरटीनेपाल २०८० असार ३० गते ८:३३ मा प्रकाशित

एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज अफगानिस्तान ‘ए’ र बङ्लादेश ‘ए’ विजयी भएका छन् । श्रीलङ्कामा भएको खेलमा अफगानिस्तान ‘ए’ ले घरेलु टोली श्रीलङ्का ‘ए’ लाई ११ रनले हरायो ।अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको  श्रीलङ्का २ सय ४१ रनमा अलआउट भयो ।

अर्को खेलमा बङ्लादेशले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय २७ रनको लक्ष्य बङ्लादेशले २ विकेट गुमाएर  १६ ओभर ३ बलमै भेट्टायो । समूह ‘ए’ मा दुवै खेल जितेको अफगानिस्तान शीर्ष स्थानमा छ ।  नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग हारेको थियो । नेपालले दोस्रो खेलमा पर्सि सोमवार भारत ’ए’ सँग र बुधवार यूएई ’ए’ सँग खेल्नेछ । यस प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू