अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

कोलोराडोमा नेपाली जात्रा हुने

बिआरटीनेपाल २०८० असार २३ गते १३:४६ मा प्रकाशित

कोलोराडो । लङमन्ट म्युजियम एण्ड कल्चर सेन्टरमा आइतबार जुलाई ३०, २०२३ अपरान्ह १२ देखि ३ बजेसम्म नेपाली जात्रा हुने भएको छ । नपाली संस्कृति र सम्पदाको प्रवद्र्धन गर्ने उत्सवका रुपमा यो जात्रा आयोजना गर्न लागिएको हो ।

जात्रा सबैका लागि खुला छ । आयोजकले बिना शुल्क सबैलाई प्रवेश दिने जनाएका छन् । जात्रामा नेपाली संगीत र नृत्य प्रस्तुति गरिने छ । जात्रामा नेवारी समुदायको लाखेसहित नेपालका विभिन्न आदिवासी समुदायको नृत्य प्रस्तुति गरिने छ । उक्त कुराको जानकारी आयोजकको तर्फबाट सुनन्दा डङ्गोलले बिआरटी नेपाललाई दिएकी छन ।

साथै, उक्त जात्रामा नेवारी समुदायसहित नेपालका विभिन्न समुदायको परम्परागत खाना राखिने छ ।

प्रतिक्रिया