अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

विश्वकप छनोटः नेपालका लागि नेदरल्यान्ड्सविरुद्धको खेल निर्णायक

बिआरटीनेपाल २०८० असार ८ गते ६:१० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिम दुई टेस्ट राष्ट्रसँग पराजित भए पनि समूहको शीर्ष तीनमा रहेर सुपर सिक्समा पुग्ने सम्भावना अन्त्य भने भएको छैन।नेपालले अब नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ। नेदरल्यान्ड्स र नेपालले अमेरिकालाई हराएकाले दुबैको शीर्ष तीनको सम्भावना कायम छ।नेपालसँग अब समूहको अन्तिम खेल मात्र बाँकी रहेकाले शनिबार नेदरल्यान्ड्सविरुद्धको निर्विकल्प जित नेपालका लागि अनिवार्य छ। तर, समूहको शीर्ष तीनमा रहन नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेर मात्र पुग्दैन। नेदरल्यान्ड्सको अर्को खेलको नतिजासमेत कुर्नुपर्ने छ। अर्थात नेदरल्यान्डका दुई खेल बाँकी छन्।यस्तोमा नेपालसँग पराजित भएमा र वेस्ट इन्डिजसँगको अन्तिम खेल पनि हारेमा भने नेपाल अङ्ककै आधारमा शीर्ष तीनमा रहन्छ। तर, नेपालले नेदरल्यान्ड्सलाई हराएमा र नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई जितेमा भने नेट रनरेटमा माथि रहने टिमले ‘सुपर सिक्स’मा स्थान पक्का गर्नेछन्।

तर, दुवै टिमको शीर्ष तीनको सम्भावनालाई केही हदसम्म शनिबार हुने खेलले तय गर्नेछ। यदि नेपाल पराजित भएमा एक खेलअगावै नेदरल्यान्ड्सले समूहको शीर्ष तीनमा स्थान बनाउँदै ‘सुपर सिक्स’को यात्रा तय गर्नेछ। तर, नेपालले जितेमा भने नेदरल्यान्ड्सलाई विश्व विजेता वेस्ट इन्डिजमाथि जित निकाल्नै पर्ने दबाब बढ्ने छ। समूह ‘ए’मा अहिलेसम्म जिम्बाब्वे र वेस्ट इन्डिजले लगभग शीर्ष तीनको यात्रा तय गर्दा अमेरिका प्रतियोगिताबाट बाहिरिएको छ। त्यसैले अब नेपाल र नेदरल्यान्ड्समध्ये एक टोलीले विश्वकपको सुपर सिक्समा स्थान बनाउने भएकाले शनिबार नेपाल र नेदरल्यान्ड्सबीचको खेल बहुप्रतिक्षित रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू