अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

ओमानले दिएको लक्ष्य श्रीलंकाले १५ ओभरमै भेट्टायो, पुग्यो शीर्ष स्थानमा

बिआरटीनेपाल २०८० असार ८ गते ६:०१ मा प्रकाशित

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा श्रीलंकाले ओमानलाई १० विकेटले हराएको छ । जिम्बावेको बुलावायोमा ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले कुनै पनि विकेट नगुमाइ १५औँ ओभरमा भेट्टायो । उसका लागि दिमुथ करुणारत्नेले ६१ र पथुन निसंकाले ३७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० ओभर २ बलमा ९८ रनमा अलआउट भयो । उसका आयान खानले ४१, जितेन्दर सिंहले २१ र फायाज बटले १३ रन बनाउनुबाहेक अरु कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका विनिन्दु हसरंगाले पाँच, लाहिरु कुमाराले तीन र कसुन रजिथाले एक विकेट लिए । लगातार दोस्रो जितसँगै श्रीलंका ४ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । तीन खेलमा ४ अंक भएको ओमान दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू