अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

साफ च्याम्पियनशिप- नेपाल कुवेतसँग ३–१ गाेलले पराजित

बिआरटीनेपाल २०८० असार ६ गते ६:२० मा प्रकाशित

साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ । भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे । पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे । कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र माेहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गाेल फर्काए ।

साविक उपविजेता नेपालले अब आउँदाे शनिवार असार ९ गते घरेलु टाेली भारतसँग खेल्नेछ । समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू