अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

नेपाली महिला क्रिकेट टिमको बिदाइ

बिआरटीनेपाल २०८० जेठ २७ गते ६:२२ मा प्रकाशित

हङकङमा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको टोलीलाई बिदाइ गरिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिदाइ गरेको हो । क्यानले प्रतियोगिताका लागि शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको थियो ।

प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली पठाउने छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ भने नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू