अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

बिआरटीनेपाल २०८० जेठ २४ गते ७:२७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् ।भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षीय युवाले गोली प्रहार गरेका हुन् । कार्यक्रम चलिरहेको बेला उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा एक जना १८ वर्षीय युवा र अर्का ३६ वर्षीय पुरुष रहेका छन् । गोली प्रहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन । घटनामा अन्य थुप्रैलाई गोली लागे पनि सख्त घाइते पाँच जना रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू