अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७
| Colorodo: 14:12
पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सानीभेरी(५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।
‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा उद्धारमा पनि कठिनाई भउपनि दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेकोले सहज भएको बाँफिकोट- ८ का वडाध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको रूकुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताउनुभयो । शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।