अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

बर्मेली शरणार्थी थाइल्याण्ड पलायन, सैन्य शासकको दमनको सर्वत्र विरोध

बिआरटीनेपाल २०७९ चैत २५ गते ७:०८ मा प्रकाशित

म्यानमारमा सैनिक कूसँगै हजारौं बर्मेलीहरु थाइल्याण्ड पलायन भएका छन् ।सेना र सशस्त्र समूहरुबीच लडाइँ सुरु भएसँगै १० हजार भन्दा बढी बर्मेलीहरु शरणार्थीको रुपमा थाइल्याण्ड पुगेका हुन् ।आफ्ना नागरिकहरु श्वे कोक्का सहरबाट थाइल्याण्ड पलायन भइरहेको अधिकारीहरुले जनाएका छन् ।दुई वर्ष अघि जननिर्वाचित सरकार अपदस्त गरेर सेनाले सत्ता लिएसँगै सबैभन्दा ठूलो सीमापार आन्दोलन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सन् २०२१ को फेब्रुअरीमा भएको कू पछि चलिरहेको गृहयुद्धमा सेनाले धेरै बर्मीहरुको हत्या गर्नुका साथै नियन्त्रणमा लिएर धरपकड र चरम यातना दिएको भन्दै विभिन्न मानवअधिकारवादी अन्तर्राष्ट्रिय संघसंस्थाले विरोध गर्दै आएका छन् ।गृहयुद्धका क्रममा हालसम्म १४ लाखभन्दा बढी बर्मेलीहरु विस्थापित भएको बताइएको छ ।संयुक्त राष्ट्र संघका अनुसार देशको करिब एक तिहाइ जनसंख्यालाई मानविय सहायताको खाँचो छ ।

करेन नेशनल लिबरेसन आर्मी (केएनएलए) र यसका सहयोगीहरुले आक्रमण गरेपछि पछिल्लो लडाई सुरु भएको हो ।सो लडाइँका क्रममा दुवै पक्षका ८० भन्दाबढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेका छ । आक्रमण भएका क्षेत्रमा तत्काल ठूलो मानवीय सहायताको खाँचो रहेको मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू