अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

चीनद्वारा पाकिस्तानलाई दुई अर्ब डलर सहयोग

बिआरटीनेपाल २०७९ चैत ११ गते ७:१४ मा प्रकाशित

आर्थिक सङ्कटको सामना गरिरहेको पाकिस्तानलाई चीनले दुई अर्ब डलर सहयोग गरेको छ । चीनले पाकिस्तानको सङ्कट समाधान गर्न एक वर्षका लागि २ अर्ब डलर सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चरम मूल्यवृद्धिसँगै वैदेशिक मुद्रा सञ्चिति घटेपछि पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । ऋण नभनिएको रकम पाकिस्तानको केन्द्रीय बैंकमा जम्मा गरिएको र यो  सहयोगले पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

पाकिस्तानको अर्थतन्त्र उकास्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले समेत सहयोग गर्ने तयारी गरे पनि राजनीतिक अस्थिरताका कारण रोकिएको छ । अर्थतन्त्र सङ्कटमा रहेको पाकिस्तानमा राजनीतिक अस्थिरता समेत उत्पन्न भएपछि आईएमएफको ऋण आउन ढिलाइ भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू