अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

कोलोराडोको विद्यालयमा गोली प्रहार, दुई डिन घाइते

बिआरटीनेपाल २०७९ चैत ८ गते २१:४२ मा प्रकाशित

डेनभर । डेनभरको इस्ट हाइ स्कूलमा बुधबार बिहान गोली प्रहार भएको छ । त्यसबाट विद्यालयका दुई डिन घाइते भएका छन् ।
गोली प्रहारमा त्यहि विद्यालयका विद्यार्थीहरुको संलग्नता भएको प्रहरीको डेनभर पुलिस डिपार्टमेन्ट र डेनभर पब्लिक स्कूलले आशंका गरेको छ । प्रहरिले गोली प्रहारमा १७ वर्षिया अस्टिन लाइल संलग्न भएको आशंका गरेको छ । लाइल ५ फिट ५ इन्च अग्ला कालो वर्णका पुरुष भएको र उनको तौल करिब एक सय ५० पाउण्ड रहेको जनाइएको छ । गोली प्रहार भएका बेला लाइलले हरियो हुडि लगाएको र उनी २००५ मा बनेको एक्ससी९० माडेलको बिएससी डब्लु १० नम्बरका रातो भोल्भोमा रहेको मेट्रो डेन्भर क्राइम स्टपर्स बुलेटिनले जनाएको छ ।

डेनभर प्रहरी प्रमुख रोन थमसले पत्रकार सम्मेलनमा गोली प्रहारको सूचना विहान ९ः५० मा प्रहरीलाई प्राप्त भएको र तत्काल उक्त स्थानमा सुरक्षासँग सम्बन्धित ब्युरो अफ अल्कोहल, फायरआर्मस एण्ड एक्प्लोसिभ्स इन डेन्भर तथा स्वास्थ अधिकारी १६०० सिटी पार्क एस्प्लानडस्थित विद्यायलमा पुगेको बताए । उनीहरुले तत्काल विद्यालय परिसर कब्जामा लिएका लिएर छानबिन सुरु गरेका थिए ।

गोली प्रहारबाट विद्यालयका दुईजना डिन घाइते भएका थिए । त्यसमध्ये एकजना उपचारपछि घर फर्किसकेका छन् ।

Photo source: School facebook

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू