अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

बेपत्ता छानबिन र सत्य निरूपणसम्बन्धी संशोधन विधेयक प्रतिनिधि सभामा पेश

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:४७ मा प्रकाशित

सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रतिनिधि सभामा पेश गरेको छ। कानून मन्त्रीसमेत रहनुुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले आज प्रतिनिधि सभामा संशोधन विधेयक प्रस्तुत गर्नुुभएको छ । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुुर्याउन यी संशोधन विधेयक पेश गरेको छ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री उपस्थित भए पनि मन्त्रीलाई विधेयक पेश गर्न लगाइएकोमा विरोध गरेको थियो। सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक पनि प्रतिनिधि सभामा पेश गरेको छ। राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यी विधेयकहरूमाथि विरोध गर्नुुभएको छ । मानव अधिकारको गम्भीर उलङ्घनको परिभाषा नै गलत रहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू